टी–ट्वेन्टी विश्वकपमा भारतको लगातार दोस्रो जित, नेदरल्याण्ड ५६ रनले पराजित

टी–ट्वेन्टी विश्वकपमा भारतको लगातार दोस्रो जित, नेदरल्याण्ड ५६ रनले पराजित

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा भारतले लगातार दोस्रो जित निकालेको छ।

नेदरल्याण्डलाई ५६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो जित दर्ता गरेको हो। पहिलो खेलमा उसले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको थियो।

१८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रनमा मात्र सीमित हुँदा भारतको लागि सहज जित हात परेको हो।

नेदरल्याण्डका टिम प्रिङ्गलले २०, कोलिन अकरमनले १७ तथा म्याक्स ओडड, बसडी लीडे र शरिज अहमदले समान १६–१६ रन बनाउँदा पल भन मीकिरणले १४ रन जोडे। पल र शरिज नटआउट रहे।

भारतका रविचन्द्रन अश्विन, अक्षर पटेल, अर्शदीप सिंह र भुवनेश्वर कुमारले समान दुई–दुई तथा मोहम्मद सामीले एक विकेट लिए।

त्यसअघि सिड्नी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ओभरमा २ विकेट गुमाएर १७९ रन बनाएको थियो।

सका लागि रोहित शर्मा ५३ र लोकश राहुल ९ रनमा आउट हुँदा विराट कोहली र सूर्यकुमार यादवले क्रमशः ६२ र ४ रन बनाएर अविजित रहे।

जितसँगै दुई खेल खेलेको भारत ४ अंकसहित समूह २ को शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल खेलमै हार व्यहोरेको नेदरल्याण्ड अंकतालिकाको अन्तिम स्थानमा छ।

यसअघि आजै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १०४ रनले पराजित गरेको थियो।

कात्तिक १०, २०७९ बिहीबार १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।