
भाइटीकाको दिन २२ जना कोरोना संक्रमणमुक्त

काठमाडौं : तिहारको भाइटीकाको दिन २२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन्।
यस्तै, सोही अवधिमा ३५४ जनामा गरिएको परीक्षणमा जम्मा ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यस अवधिमा कोरोनाकै कारण कसैले पनि ज्यान गुमाउनुपरेको छैन भने खोप लगाएका व्यक्तिहरूको विवरण पनि प्राप्त नभएको मन्त्रालयका सहप्रवक्ता समीकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार देशमा यस अवधिमा सक्रिय संक्रमित ६२२ जना छन्।
कात्तिक १०, २०७९ बिहीबार १६:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।