केरा बोकेको ट्याक्टर र्दुघटना, च्यापिएर चालकसहित दुई जनाको मृत्यु

केरा बोकेको ट्याक्टर र्दुघटना, च्यापिएर चालकसहित दुई जनाको मृत्यु

काठमाडौं : सिरहामा केरा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

जिल्लाको कल्याणपुर नगरपालिका १० प्रचिलवामा बिहीबार विहान ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको हो।

भोक्राहाबाट कल्याणपुरतर्फ केरा लिएर जाँदै गरेको नम्बर प्लेट नभएको ट्याक्टर अनियन्त्रित भई विहान ६ बजे पल्टिएको हो।

ट्याक्टरले च्यापिएर चालक कल्याणपुर नगरपालिका ११ का ३० वर्षीय छेदुवा गोइत र ट्याक्टरमा सवार सोही ठाउँका ४५ वर्षीय दुखी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।

कात्तिक १०, २०७९ बिहीबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।