हेटाैंडाकाे तरकारी बजार नष्ट, पड्किए ग्यासका सिलिण्डर

हेटाैंडाकाे तरकारी बजार नष्ट, पड्किए ग्यासका सिलिण्डर
तस्बिर- राेजन श्रेष्ठ

काठमाडाैं : मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका–१० स्थित टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ।

एक होटलबाट सल्किएको आगोका कारण तरकारी बजारभर आगाे फैलिएकाे हाे। होटलमा भएकाे ग्यासका सिलिण्डर पड्किँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयकाे सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

कात्तिक १०, २०७९ बिहीबार १५:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।