टी-ट्वेन्टी विश्वकप : दक्षिण अफ्रिकाकाे शानदार जित, बंगलादेश १०४ रनले पराजित

काठमाडौं : अस्ट्रेलियामा जारी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले शानदार जित निकालेको छ।
सिड्नीमा बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४ रनले हराएको हो। दक्षिण अफ्रिकाले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो।
बंगलादेशका लिटोन दासले सर्वाधिक ३४ रन जोडे। सौम्य सरकारले १५ तथा मेहदी हसन मिराजले ११ र तास्किन अहमेदले १० रन बनाए। दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले ४ विकेट लिँदा ताब्रेज शम्सीले ३ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन जोडेको थियो।
दक्षिण अफ्रिकाका रिली रस्सोले १ सय ९ रनको शतकीय इनिङ खेले। क्विन्टन डी ककले ६३ रनको अर्धशतकीय इनीङ खेले। बंगलादेशका शकिब अल हसनले २ विकेट लिए।
जितसँगै समूह २ को दक्षिण अफ्रिकाले २ खेलमा ३ अंक जोडेको छ। दक्षिण अफ्रिका समूहको शीर्ष स्थानमा छ। बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा छ।
कात्तिक १०, २०७९ बिहीबार १५:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।