
धादिङमा बसले मोटरसाइकललाई ठक्कर दियो, अस्पताल लैजाँदै गर्दा चालकको मृत्यु, घाइतेको उपचार हुँदै

धादिङ: जिल्लाको गल्छी गाउँपालिका- ७ मा गए राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। धादिङको थाक्रे गाउँपालिका- ११ बस्ने २५ वर्षीय सुनिल थापाको मृत्यु भएको हो।
गम्भीर घाइते भएका थापालाई उपचारको लागि अम्बेभरोसा अस्पताल गल्छी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। घाइते भएका पछाडि सवार ३४ वर्षीय रमेश लामाको सोही अस्पतालमै उपचार भइरहेको छ।
काठमाडौंबाट लहानतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ख ०७२२ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा९२प २३६९ नम्बरको मोटरसाइकललाई गए राति पौने ११ बजे ठक्कर दिएको हो।
बस चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ।
कात्तिक १०, २०७९ बिहीबार ०८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।