विश्वकपमा आज भारत र नेदरल्याण्ड्स, पाकिस्तान र जिम्बावे भिड्ने

विश्वकपमा आज भारत र नेदरल्याण्ड्स, पाकिस्तान र जिम्बावे भिड्ने

काठमाडौं: अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकपअन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा भारतले नेदरल्याण्ड्सको सामना गर्नेछ भने दोस्रो खेलमा पाकिस्तान र जिम्बावे भिड्नेछन्।

भारत र नेदरल्याण्ड्सबीचको खेल नेपाली समयअनुसार दिउँसो १२:४५ बाट सुरु हुनेछ। हाल समूह २ को अंकतालिकामा एक खेल जितेको भारत दोस्रो स्थानमा छ। नेट रनरेटका आधारमा पहिलो स्थानमा बङ्गलादेश छ। नेदरल्याण्ड्स पुछारमा छ।

यस्तै पाकिस्तान र जिम्बावेबीचको खेल अपराह्न ४:४५ बाट सुरु हुनेछ। पाकिस्तान आफ्नो पहिलो खेल हारेर ६ टिम सम्मिलित समूहमा पाँचौँ स्थानमा छ। जिम्बावेले दक्षिण अफ्रिकासँग अंका बाँडेको हुँदा चौथो स्थानमा छ।

कात्तिक १०, २०७९ बिहीबार ०८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।