आज भाइटीका, ११:३७ मा उत्तम साइत

आज भाइटीका, ११:३७ मा उत्तम साइत

काठमाडौं: नेपालीहरूको दोस्रो महान् चाड तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदै छ। दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिएर भाइटीका मनाइन्छ।

यस्तै दाजुभाइहरूले दिदीबहिनीलाई उपहार, दक्षिणा दिन्छन्। भाइमसाला, रोटी लगायत मिष्ठान्न परिकार पनि आदानप्रदान हुन्छ।

आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ।

यस्तै आज भारतको दिल्लीमा ११:५५, अमेरिकाको न्युयोर्कमा ११:२५, अष्ट्रेलियाको सिड्नीमा ११:१५, बेलायतको लण्डनमा ११:१५ मा साइत रहेको छ।

आज भाइटीका लगाइदिने दिदीबहिनी पूर्व फर्किनु उत्तम हुनेछ भने दाजुभाइले पश्चिम फर्केर टीका थाप्नु उत्तम हुनेछ।

कात्तिक १०, २०७९ बिहीबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।