भाइटीकाको दिन यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज तिहारको भाइटीकाको दिन समेत वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले वर्षाको सम्भावना रहेको हो।
यतिबेला देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यता सफा रहेको छ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कात्तिक १०, २०७९ बिहीबार ०७:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।