दुईपटक मच्चिएपछि पिङबाट भुइँमा बजारिए १८ वर्षीय नवराज, स्वास्थ्य कार्यालयमा मृत्यु

दुईपटक मच्चिएपछि पिङबाट भुइँमा बजारिए १८ वर्षीय  नवराज, स्वास्थ्य कार्यालयमा मृत्यु
तस्बिर- अनलाइनखबर

दाेलखा : लिङ्गे पिङबाट लडेर १८ वर्षीय किशाेरको मृत्यु भएको छ।

नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका–६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो।

पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासी पिङबाट लडेका थिए।

स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगेको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वर शाहले जानकारी दिए।

कात्तिक ९, २०७९ बुधबार २१:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।