वर्षमा एक दिन मात्र खुल्ने बालगाेपालेश्वर मन्दिर भाेलि विहान पाँच बजे खुल्ने

वर्षमा एक दिन मात्र खुल्ने बालगाेपालेश्वर मन्दिर भाेलि विहान पाँच बजे खुल्ने
तस्बिर- हिमालखबर

काठमाडाैं : काठमाडाैंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भोलि विहानैदेखि खुला हुने भएको छ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन विहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ।

कात्तिक ९, २०७९ बुधबार २१:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।