ब्रेकले काम नगर्दा जीप दुर्घटना, एकै घरका दाजुभाइसहित तीन जनाको मृत्यु

रोल्पा: जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जीप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिकाका ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँका ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुबाङकी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु१ज ३२३४ नंको जीप दुर्घटनामा परेको हो। जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो।
जीपमा १५ जना सवार रहेको र त्यसमध्ये १२ जना घाइते भएका छन्। घाइतेमध्ये पनि सात जनाको अवस्था गम्भीर छ।
घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा सिफारिस गरिएको ईलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जनकारी दिए।
जीपको ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ।
कात्तिक ९, २०७९ बुधबार १९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।