निर्वाचन आयाेगकाे कलसेन्टरमा आएका १५०२ कलमध्ये १७२ मिस्डकल

काठमाडाैं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टरमा १७२ वटा मिस्डकल आएका छन्।
गत असोज २८ गतेदेखि सञ्चालनमा आएको कल सेन्टरमा कात्तिक ७ गतेसम्म १ हजार ५०२ कल आएकाेमा अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन गरिएकाे आयाेगले जनाएकाे छ।
आएका कलमध्ये १ हजार १९७ वटा कल रिसिभ भई १ हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको छ। सो अवधिमा १७२ वटा कल मिस्ड भएका थिए भने ३०५ वटा भ्वाइस मेल आएका थिए।
आयाेगले ११०२ नम्बरकाे नि:शुल्क कल सेवा सञ्चालनमा ल्याएर आएका गुनासाे, जिज्ञासा र उजुरीकाे सम्बाेधन गर्दै आएकाे छ।
कात्तिक ९, २०७९ बुधबार १९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।