५९०७ जनाकाे नाम समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूचीमा (सूचीसहित)

५९०७ जनाकाे नाम समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूचीमा (सूचीसहित)

काठमाडाैं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फकाे अन्तिम बन्दसूची प्रकाशन गरेको छ। सूचीमा ५ हजार ९०७ जनाकाे नाम छ।

प्रकाशित सूचीमा प्रतिनिधि सभामा २१९९, प्रदेश नं.१ मा ६१६, मधेश प्रदेशमा ८६३, बागमती प्रदेशमा ७५४, गण्डकी प्रदेशमा ३४४ जना, लुम्बिनी प्रदेशमा ५७९, कर्णाली प्रदेशमा २०० र सुदूरपश्चिम प्रदेशमा ३५२ जना उम्मेदवारहरू रहेका छन्।

समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिहरूको नाम सूचीबाट हटाइएकाे आयाेगले जनाएकाे छ।

यस प्रणालीतर्फ राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६ हजार ४५७ जना उम्मेदवारहरू रहेका थिए।

प्रतिनिधि सभातर्फ:

प्रदेश १ तर्फ:

मधेस प्रदेशतर्फ:

बागमती प्रदेशतर्फ:

गण्डकी प्रदेशतर्फ:

लुम्बिनी प्रदेशतर्फ:

कर्णाली प्रदेशतर्फ:

सुदूरपश्चिम प्रदेशतर्फ:

कात्तिक ९, २०७९ बुधबार १९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।