टी–ट्वेन्टी विश्वकप : लगातारको वर्षापछि न्यूजिल्याण्ड र अफगानिस्तानले अंक बाँडे

काठमाडौं : लगातारको वर्षाका कारण टी–ट्वेन्टी विश्वकप अन्तर्गत बुधबारको दोस्रो खेल हुने सकेन।
सुपर–१२ ग्रुप–वानको न्यूजिल्यान्ड र अफगानिस्तानबीच हुने भनिएको बुधबारको खेल एक बल पनि नखेली स्थगित भएको हो। योसँगै दुवै टीमले एक–एक अंक बाँडेका छन्।
ग्रुप–वानका सबै छ टिमले दुई–दुई खेल खेलिसक्दा न्यूजिल्यान्ड तीन अंकमा शीर्ष स्थानमा छ।
त्यसपछि समान दुई अंकमा श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अस्ट्रेलिया रहेका छन्।
अफगानिस्तान भने अहिलेसम्म जितहीन रहेको छ र उसको एक अंक मात्र रहेको छ।
कात्तिक ९, २०७९ बुधबार १८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।