जुवातासको एउटै खालबाट २३ जना पक्राउ, ५ लाख ३१ हजार बरामद

कास्की : जिल्लाको पोखरा महानगरपालिका–३० शिशुवामा जुवा खेलिरहेको अवस्थामा २३ जनालाई प्रहरीले एउटै खालबाट पक्राउ गरेको छ।
शिशुवाकी यमुना पराजुलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय वितित सुवेदीसहित २३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
जुवातास खेलिरहेको भन्ने खबरको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट ५ लाख ३१ हजार ९ सय ५० रूपैयाँ नगद र १ सेट कौडा बरामद गरिएको छ।
कात्तिक ९, २०७९ बुधबार १८:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।