दुई वर्षीया बालिकाको दुई तलामाथि छतबाट खसेर मृत्यु

सांकेतिक तस्बिर
धनुषा : जिल्लामा दुई वर्षीया बालिकाको दुई तला माथि छतबाट खसेर मृत्यु भएको छ।
मृत्यु हुनेमा शहिदनगर नगरपालिका–५ पचहर्वा बस्ने सत्रुधन कापडकी छोरी २ वर्षीया सान्वी कुमारी कापड रहेकी छन्।
उनको आफ्नै घरको छतबाट लडेर मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आफ्नै घरको दुई तल्लामाथि छतमा खेल्ने क्रममा लडेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
कात्तिक ९, २०७९ बुधबार १८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।