मादक पदार्थ सेवन गरी सात वर्षीया बालिका बलात्कार, एक युवक पक्राउ

मादक पदार्थ सेवन गरी सात वर्षीया बालिका बलात्कार, एक युवक पक्राउ

भक्तपुर : सात वर्षीया बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–१ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाल रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ती बालिकालाई दाहालले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको प्रहरी प्रभाग दुवाकोटले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कात्तिक ९, २०७९ बुधबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।