विष्णु पौडेल विरुद्ध रुपन्देहीमा गठबन्धनको समर्थन जनमुक्ति पार्टीका उम्मेदवारलाई

काठमाडौँ : निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारहीन बनेको सत्तारुढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ।
चेक बाउन्ससम्बन्धी मुद्दाका कारण सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङ उम्मेदवारी रद्द भएको थियो।
रुपन्देही-२ मा गठबन्धनले थापालाई समर्थन गर्ने र थापाको पार्टीले अन्य क्षेत्रमा गठबन्धनलाई समर्थन गर्ने सहमति भएको हो। एमालेका उम्मेदवार विष्णु पौडेल विरुद्ध थापालाई समर्थन गर्ने निर्णय भएको भन्दै गठबन्धनका चार दलका शीर्ष नेताहरूले बुधवार संयुक्त वक्तव्य निकालेका छन्।
थापा जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत हुन्।
कात्तिक ९, २०७९ बुधबार १७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।