थप १६ जनामा कोरोना पुष्टि, ३५ संक्रमणमुक्त

काठमाडौं : नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१ हजार ११७ जनामा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ३५ जना संक्रमणमुक्त हुँदा संक्रमणकै कारण कसैको पनि ज्यान गएको छैन।
देशभर संक्रिय संक्रतिको संख्या ६४१ रहेको छ।
कात्तिक ९, २०७९ बुधबार १५:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।