टी–ट्वेन्टी विश्वकप : वर्षाको फाइदा आयरल्याण्डलाई, इंग्ल्याण्ड ५ रनले पराजित

टी–ट्वेन्टी विश्वकप : वर्षाको फाइदा आयरल्याण्डलाई, इंग्ल्याण्ड ५ रनले पराजित

काठमाडाैं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा बुधबारकाे पहिलाे खेल आयरल्याण्डले जितेकाे छ।

१४.३ ओभरको खेल चलिरहँदा वर्षा भएपछि स्थगित भएकाे खेल डकवर्थ-लुइस मेडथअनुसार आयरल्याण्ड ५ रनले विजयी भएकाे हाे।

१ सय ५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ताजा अवस्थामा ५ विकेट गुमाएर १ सय ५ रन बनाएको छ।

उसका लागि डेभिड मलानले ३५ रन बनाउँदा, ह्यारी ब्रुकले १८ रन बनाए। एलेक्स हल्स ७, बेन स्टोक्स ६ र जस बट्लर ० रनमा आउट भए। मोइन अली २४ तथा लिय लिभिङस्टोन १ रन बनाएर खेलिरहँदा पानी परेको हो।

बलिङतर्फ आयरल्याण्डका जस लिटिलले दुई तथा ब्यारी म्याककर्थी, फियोन ह्याण्ड र जर्ज डकरेलले समान एक–एक विकेट लिए।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको आयरल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनमा समेटियो।

उसका लागि कप्तान एन्डी बालबिनेईले सर्वाधिक ६२ रन बनाउँदा, लोर्कन टकेरले ३४, कर्टिस क्याम्परले १८, पल स्टर्लिङ्गले १४ र गरेथ डिलानीले नटआउट १२ रन बनाए।

बलिङतर्फ लियम लिभिङस्टोन र मार्क वुडले समान तीन–तीन, साम करणले दुई तथा बेन स्टकले एक विकेट लिए।

जितसँगै समूह १ मा २ अंक जाेड्दै आयरल्याण्ड चाैथाे स्थानमा उक्लिएकाे छ। याे समूहकाे शीर्षस्थानमा न्यूजिल्याण्ड, दाेस्राे स्थानमा श्रीलंका र तेस्राे स्थानमा इंग्ल्याण्ड छ।

कात्तिक ९, २०७९ बुधबार १५:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।