मेलबर्नमा वर्षा : आयरल्याण्ड र इंग्ल्याण्डको खेल स्थगित

मेलबर्नमा वर्षा : आयरल्याण्ड र इंग्ल्याण्डको खेल स्थगित

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी विश्वकपमा आयरल्याण्ड र इंग्ल्याण्डको खेल वर्षाका कारण स्थगित भएको छ।

१४.३ ओभरको खेल चलिरहँदा वर्षा भएपछि अम्पाएरले खेल स्थगित गरेका हुन्। १ सय ५८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ताजा अवस्थामा ५ विकेट गुमाएर १ सय ५ रन बनाएको छ।

उसका लागि डेभिड मलानले ३५ रन बनाउँदा, ह्यारी ब्रुकले १८ रन बनाए। एलेक्स हल्स ७, बेन स्टोक्स ६ र जस बट्लर ० रनमा आउट भए। मोइन अली २४ तथा लिय लिभिङस्टोन १ रन बनाएर खेलिरहँदा पानी परेको हो।

बलिङतर्फ आयरल्याण्डका जस लिटिलले दुई तथा ब्यारी म्याककर्थी, फियोन ह्याण्ड र जर्ज डकरेलले समान एक–एक विकेट लिए।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको आयरल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनमा समेटियो।

उसका लागि कप्तान एन्डी बालबिनेईले सर्वाधिक ६२ रन बनाउँदा, लोर्कन टकेरले ३४, कर्टिस क्याम्परले १८, पल स्टर्लिङ्गले १४ र गरेथ डिलानीले नटआउट १२ रन बनाए।

बलिङतर्फ लियम लिभिङस्टोन र मार्क वुडले समान तीन–तीन, साम करणले दुई तथा बेन स्टकले एक विकेट लिए। 

कात्तिक ९, २०७९ बुधबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।