वाणिज्य बैङ्कहरूले पहिलो त्रैमासमा ब्याजबाट कमाए ४९ अर्ब ६२ करोड

वाणिज्य बैङ्कहरूले पहिलो त्रैमासमा ब्याजबाट कमाए ४९ अर्ब ६२ करोड

काठमाडौं : पहिलो त्रैमासमा वाणिज्य बैङ्कको खुद नाफा बढेको छ। वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणमा खुद ब्याज नाफा २८ दशमलव ४४ प्रतिशत बढेको देखिन्छ।

वाणिज्य बैङ्कहरूले चालु आवको त्रैमासमा ४९ अर्ब ६२ करोड ४३ लाख ९० हजार ब्याज नाफा आर्जन गरेका छन्। गत आवको सोही अवधिमा ३५ अर्ब ६५ करोड ८६ लाख ७८ हजार नाफा भएको थियो।

सबैभन्दा बढी ब्याजबाट नाफा आर्जन गर्नेमा नबिल बैङ्क अगाडि छ। बैङ्कले यस अवधिमा तीन अर्ब ६७ करोड ७१ लाख ७९ हजार ब्याजबाट नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिमा नबिल बैङ्कको ब्याज नाफा दुई अर्ब २४ करोड १५ लाख २७ हजार थियो।

ब्याजबाट बढी नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैङ्क दोस्रो र ग्लोबल आईएमई बैङ्क तेस्रो नम्बरमा छन्।

यी दुई बैङ्कले असोज मसान्तसम्ममा क्रमशः : तीन अर्ब ४१ करोड ४ लाख ९६ हजार र तीन अर्ब २० करोड २७ लाख चार हजार खुद ब्याजबाट नाफा कमाएका छन्।

राष्ट्रिय वाणिज्य बैङ्कको खुद ब्याज नाफा तीन अर्ब १८ करोड ३८ लाख ९९ हजार छ। नेपाल इन्भेस्टमेन्ट बैङ्क, सिद्धार्थ बैङ्क र एनएमबि बैङ्कले दुई अर्ब १२ करोड ९५ लाख, दुई अर्ब १२ करोड ८५ लाख र दुई अर्ब पाँच करोड ४२ लाख ब्याजबाट नाफा आर्जन गरेका छन्।

प्रभु र कुमारी बैङ्कले एक अर्ब ९७ करोड कमाएका छन् भने नेपाल बैङ्क लिमिटेडले एक अर्ब ९० करोड खुद ब्याजबाट नाफा गरेको छ।

एभरेस्ट बैङ्क र प्राइम कमर्सियल बैङ्कले एक अर्ब ८८ करोड ब्याज नाफा आर्जन गरेका छन्। कृषि विकास बैङ्कले एक अर्ब ८३ करोड, हिमालयन बैङ्कले एक अर्ब ८० करोड र मेगा बैङ्कले एक अर्ब ७९ करोड खुद ब्याज नाफा आर्जन गरेका छन्।

पहिलो त्रैमासमा सानिमा बैङ्कले एक अर्ब ६० करोड ब्याजबाट कमाएको छ। लक्ष्मी बैङ्कको एक अर्ब ५१ करोड नाफा कमाएको छ।

माछापुच्छ्रे, सिटिजन्स र सनराइज बैङ्कको ब्याज नाफा एक अर्ब ४७ करोड, एक अर्ब ४५ करोड र एक अर्ब ४३ करोड छ।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले एक अर्ब ४१ करोड, नेपाल एसबीआई बैङ्कले एक अर्ब २९ करोड, बैङ्क अफ काठमान्डुले एक अर्ब २२ करोड, सिभिल बैङ्कले एक अर्ब १५ करोड र एनसीसी बैङ्कले एक अर्ब १२ करोड खुद ब्याज नाफा गरेका छन्।

सेन्चुरी कमर्सियल बैङ्कले सबैभन्दा कम एक अर्ब ७ करोड ६२ लाख ४१ हजार खुद नाफा आर्जन गरेको छ।

कात्तिक ९, २०७९ बुधबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।