निर्वाचन निष्पक्ष हुने प्रधानमन्त्री देउवाको दाबी

भक्तपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ को प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबैको सहयोग चाहिने बताए।
उनले निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताउँदै निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताएका थिए।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको कार्यक्रममा उनले देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक काम गर्न सक्ने बताए।
उनले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने दाबी समेत गरे।
प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको चर्चा गर्दै सरकारले साख्वाःको योगदानको उच्च सम्मान गर्दै यसअघि नै राष्ट्रिय विभूति घोषणा गरेको, उनको नाममा हुलाक टिकट प्रकाशित गरेको, विद्यालय तहको पाठ्यक्रममा समावेश गर्ने व्यवस्था गरेको बताएका थिए।
कात्तिक ९, २०७९ बुधबार १२:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।