कटारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

कटारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, पछाडि सवार गम्भीर घाइते

उदयपुर: जिल्लाको कटारी नगरपालिका- ११ हर्देनीमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। पछाडि सवार व्यक्ति भने गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय यम्बरबहादुर श्रेष्ठ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडि सवार सोही ठाउँमा बस्ने २१ वर्षीया ईन्दिरा कार्कीलाई उपचारको लागी कटारी अस्पताल पठाइएको छ।

बेतिनीबाट गँहुबारीतर्फ जाँदै गरेको 'अन टेस्ट' लेखिएको मोटरसाइकल अनियन्त्रित भई हिजो बेलुकी साढे ७ बजे पल्टिएको थियो।

कात्तिक ९, २०७९ बुधबार १०:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।