प्नमुख नेता हराउन शुरु भएको 'NO NOT AGAIN' को फेसबुक पेज हटाउन आयोगको चेतावनी

प्नमुख नेता हराउन शुरु भएको 'NO NOT AGAIN' को फेसबुक पेज हटाउन आयोगको चेतावनी

काठमाडौं : लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्य दृश्य सामग्री प्रकाशन गरेको भन्दै निर्वाचन आयोगले तीन वटा फेसबुक ग्रुपको पेज हटाउन चेतावनी दिएको छ।

आयोगले मंगलबार “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” नामको फेसबुक पेज/ग्रुप हटाउन चेतावनी दिएको हो। प्रमुख दलका नेतृत्वमा रहेकाहरुलाई यस पटकको निर्वाचनमा हराउन उम्मेदवारी दर्ता अगाडि नै नो नट अगेन अभियान चलेको थियो।

कांग्रेस सभापती शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल, बाबुराम भट्टराई लगायतका नेताहरुलाई हराउन फेसबुक र ट्विटरमा  अभियान चलेको थियो।

आयोगले मंगलबार सूचना निकालेर ती पेजबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य-श्रव्यदृश्य सामग्री प्रकाशन गरेको पेज हटाउन चेतावनी दिँदै नहटाएर कारबाही गर्ने चेतावनी दिएको छ।

झुठ फेसबुक पेज/ग्रुपहरू सिर्र्जना गरी नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिएको उल्लेख गरेको छ।

यस्तो कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको भन्दै आयोगले झुटा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ।

कात्तिक ८, २०७९ मंगलबार २१:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।