चिनियाँ राजदूत यान्छिले लेखिन् 'सुन्दर देशको माया बोकेर जाँदैछु'

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएको छ। उनको चार वर्षे कार्यकाल सकिएको हो।
उनले मङ्गलवार सामाजिक सञ्जाल ट्विटरमा आफ्नो कार्यकाल सकिएको र छिमेकी देशबाट बिदा हुन लागेको लेखेकी छिन्।
उनले आफूप्रति देखाएको माया र सद्भावका लागि सम्पूर्ण नेपालीलाई धन्यवाद दिँदै सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको र त्यो अनुभव र माया बोकेर जान लागेको लेखेकी छिन्।
चार वर्षे कार्यकाल पूरा गरेर बेइजिङ फर्किन लागेकी उनलाई चीन सरकारले दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ।
यान्छी सन् २०१८ डिसेम्बरमा चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन्।
कात्तिक ८, २०७९ मंगलबार ११:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।