आफैँ चढेको बसले ठक्कर दिँदा मन्थलीमा एक महिलाको घटनास्थलमै मृत्यु

काठमाडौं: रामेछापको मन्थली नगरपालिका- १४ मा हिजो बसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५० वर्षीया चन्द्रकुमारी परियार रहेकी छिन्।
मन्थलीबाट देउरालीतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-००६ख २२९५ नम्बरको बसबाट ओर्लना साथ सोही बसले चन्द्र कुमारीलाई ठक्कर दिएको थियो।
बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ।
कात्तिक ८, २०७९ मंगलबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।