आज गाई पूजा, आमाले जस्तै माया दिने 'गौमाता'

आज गाई पूजा, आमाले जस्तै माया दिने 'गौमाता'

काठमाडौं: नेपालीहरूको दोस्रो महान चाड तिहारको आज चौथो दिन गाई पूजा गरिँदै छ। गाई हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो।

गाईले आमाले जस्तै माया दिने भएकाले 'गौमाता' समेत भनिन्छ। आमाले आफ्ना सन्तानलाई दूध खुवाएजस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई माता भनिएको हो ।

गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गहुँत, गोबर आदि वस्तु प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन्। कृषियुग सुरु भएपछि कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादि दुवै रूपमा प्रयोग हुन थाल्यो।

यस्तै प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो। अरू वस्तुको मूल्यांकन गर्दा गाईको मूल्यसँग तुलना गरिन्थ्यो।

 

कात्तिक ८, २०७९ मंगलबार ०८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।