आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा पानी पर्ने सम्भावना

आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यता सफा रहेको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति प्रदेश १ का थोरै स्थानहरू र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कात्तिक ८, २०७९ मंगलबार ०७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।