लक्ष्मीपूजाको साँझ २ सय मेगावाट बिजुली खेर गयो

लक्ष्मीपूजाको साँझ २ सय मेगावाट बिजुली खेर गयो

काठमाडौं : लक्ष्मीपूजाको साँझ २ सय युटिन बिजुली खेर गएको छ।

गतवर्षहरूमा यस दिन भारतबाट बिजुली आयात गरेर उज्यालाे पार्ने गरिएकाेमा यसवर्ष आन्तरिक उत्पादनले नै देशभर झिलिमिली पारिएकाे हाे।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अुनसार यसवर्ष लक्ष्मीपूजाकै दिन ३८० मेगावाट बिजुली भारत निर्यात गर्दासमेत २ सय मेगावाट बिजुली खेर गएको हो।

आफूहरूले लक्ष्मीपूजाको साँझको ‘पिक डिमान्ड’ १४ सय मेगावाट हुने अनुमान गरे पनि जम्मान १३ सय ५ मेगावाट मात्र माग भएकाले भारत निर्यात गरेर पनि बिजुली खेर गएको उनले बताए।

गतवर्ष लक्ष्मीपूजाको ‘पिक डिमाण्ड’ १२ सय ७० मेगावाट थियो।

गत वर्षदेखि प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग जति सकिन्छ बढि बत्ती बाल्न र बिजुली खपत गर्न आग्रह गर्दै आएको छ।

कात्तिक ७, २०७९ सोमबार २२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।