कैलालीको ‘सफी’, जो मालिकको मृत्यु हुँदा चितामा सँगै बस्याे

काठमाडौं : सोमबार कुकर तिहार र लक्ष्मी पूजा। विहान कुकरको पूजा गरी मीठो खान दिएर मनाइयो।
कुकुर तिहार मनाइरहँदा गत भदौ अन्तिम साता सबैको ध्यान तानेको कैलालीको ‘सफी’लाई सम्झिनु उचित हुन्छ। जसले आफ्नो मालिक मर्दा चितासम्म पनि साथ छाडेन।
आठ वर्षअघि ल्याएर पालेको कुकुरको छाउरोले मालिकको मृत्यु हुँदासमेत साथ नछाडेको दृश्य सबैका लागि मर्मस्पर्शी र हृद्यविदारक थियो।
जिल्लाको लम्कीचुहा नगरपालिका–५ का चुकुलाल चौधरीले आठ वर्षअघि ल्याएर पालेको कुकुरले उनकी हैरानीको मृत्यु हुँदा उनीसँगै चितामा बस्न गएको देख्दा सबैको मन छोएको छ।
हैरानीको मृत्युपछि छिमेकीले कुकुरलाई शव छुन नदिएका कहाँ हुन् र? रुखमा बाँधिदिए पनि तर कुकुर मान्नेवाला थिएन।
हैरानीको शव ट्याक्टरमा राखेर आर्यघाट लगियो। त्यस क्रममा रुखमा बाँधिएको सफीले साङ्लो चुँडाएर पछि–पछि लाग्यो। ट्याक्टरलाई पछ्याउँदै पाँच किलोमिटर दौडिएपछि मलामीले उसलाई पनि ट्याक्टरमै राखे।
कर्णालीको घाटमा पुर्याइएपछि पनि कुकुरले हैरानीको शव छोडेन। उ पनि चितामा बस्यो। जलाउने बेला उसलाई निकालेर आगो लगाइयो।
त्यहाँ बसिरहेकाले कुकुरले गतिविधि खिचेर टिकटकमा राखे। उक्त भिडियो लाखौंले हेरे र मालिकप्रति कुकुरको प्रेमको वयान गरे। कतिपयले मानिसमा समेत आफन्तप्रति यति धेरै प्रेम नहुने बताए।
घर फर्किएपछि पनि सफीले मालिकलाई खोजिरहेको थियो। छटपछिरहेको थियो। निरज घराडीले राखेको टिकटक भिडियोमा घर फर्किए पनि उ शान्त हुन नसकेको देखिन्थ्यो।
@nirajgharadi Replying to @bhushanrawl ♬ original sound - Niraj Gharadi
कात्तिक ७, २०७९ सोमबार १६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।