टी-ट्वेन्टी विश्वकपमा बंगलादेशकाे विजयी सुरुवात

काठमाडौं : बंगलादेशले टी-ट्वेन्टी विश्वकपमा सोमबार विजयी सुरुवात गरेको छ।
सुपर–१२ अन्तर्गत समूह २ को खेलमा नेदरल्यान्ड्सलाई ९ रनले पराजित गर्दै उसले विजयी सुरुवात गरेकाे हाे।
१ सय ४५ रनकाे लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभर सबै विकेट गुमाएर १ सय ३५ रनमा समेटिएपछि बंगलादेश विजयी भएकाे हाे।
उसका लागि कोलिन एकरमनले ४८ बलमा ६२ रन बनाए।
बंगलादेशी बलरमध्ये तास्किन अहमद सर्वाधिक सफल रहे। उनले २५ रन दिएर चार विकेट लिँदै ‘प्लेयर अफ द म्याच’ भए। हसन मसुदले पनि दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएकाे बंगलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर १ सय ४४ रन बनायो।
उसका लागि आफिफ हुसेनले र नजमुल हुसेनले २५ रनको योगदान दिए।
पउल भान मेकरेन र बास डि लेडले दुई-दुई विकेट लिए।
कात्तिक ७, २०७९ सोमबार १३:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।