प्रभु बैङ्कले ब्याजबाट पहिलो त्रैमासमा १ अर्ब ९७ करोड रुपैयाँ कमायो

प्रभु बैङ्कले ब्याजबाट पहिलो त्रैमासमा १ अर्ब ९७ करोड रुपैयाँ कमायो

काठमाडौँ : प्रभु बैङ्क लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७० करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ।

यो अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.७९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष पहिलो त्रैमासमा बैङ्कले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

बैङ्कले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा ३० करोड ९३ लाख रुपैयाँ छ।

पहिलो त्रैमासमा बैङ्कले सञ्चालन मुनाफाबापत १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ।अघिल्लो वर्ष यस्तो मुनाफा ८८ करोड २५ रुपैयाँ थियो।

यो अवधिमा बैङ्कले १ अर्ब ९७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४२ करोड रुपैयाँमा सीमित थियो।

पहिलो त्रैमासमा बैङ्कले १ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ।

चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको बैङ्कको रिजर्भको आकार ८.२८ प्रतिशतले बढेर ६ अर्ब १ करोड रुपैयाँको भएको छ।

बैङ्कको खराब कर्जाको अनुपात (एनपीएल) बढेर १.६८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.६१ प्रतिशत थियो। सिडी रेसियो ८४.३२ प्रतिशत रहेको बैङ्कको आधार दर १०.५१ प्रतिशत छ। 

बैङ्कको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २२.१९ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २२.४३ रुपैयाँ थियो। पीई रेसियो ९.३३ गुणा रहेको बैङ्कको प्रतिसेयर नेटवर्थ १६२.२२ रुपैयाँ रहेको छ। 

कात्तिक ७, २०७९ सोमबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।