सुनचाँदीको मूल्य साेमबार पनि स्थिर

काठमाडौं : नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य स्थिर रहेको छ। यसअघि शनिबार सुनको मूल्य एकैदिन १५ सय रुपैयाँले बढ्दा आइतबार पनि स्थिर थियाे।
शनिबार धनतेरसको दिन भएकाले व्यवसायीहरूले सुनको मूल्य बढाएका थिए। सामान्यतया नेपालमा शनिबार सुनको मूल्य तोक्ने गरिँदैन। शुक्रबारकै मूल्यलाई आधार मानिन्छ।
नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार साेमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
यस्तै शनिबार तोलामा ४५ रूपैयाँले बढाइएको चाँदीको मूल्य आइतबारसँगै साेमबार पनि स्थिर छ। जसअनुसार चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँ कायम भएको छ।
कात्तिक ७, २०७९ सोमबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।