चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन : मन्त्री चौधरी

चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन : मन्त्री चौधरी

दाङ : शहरी विकास मन्त्री मेटमणि चौधरीले चुनाव जित्नका लागि मात्र गठबन्धन नबनेको प्रष्ट पारेका छन्।

सत्ता गठबन्धनको लमही–३ मा संयुक्त कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले आइतबार सो धारणा राखेका हुन्।

नेपालको इतिहासमा वाम लोकतान्त्रिक दल एकै ठाउँमा उभिने विरलै आउने अवसर प्राप्त भएको बताउँदै मन्त्री चौधरी भने, ‘राजा महेन्द्रले जननिर्वाचित वीपि कोइरालाको सरकारमाथि कू गरेपछि दलहरु एक ठाँउमा आउने क्रम सुरु भएको हो। बहुदलीय व्यवस्था ल्याउने जन चाहनाका कारण ०४६ सालमा पनि हामी एक भयौं, त्यसपछि ०६२÷६३ सालमा फेरि हामीहरू एक ठाँउमा आइपुग्यौं।’

केपी ओलीको निरंकुशता र स्वच्छाचारिता उत्कर्षमा पुगेपछि, नयाँ संविधानमाथि उनले धावा बोलेपछि आफूहरू फेरि एक पटक एक ढिक्का भएको बताउँदै उनले चुनाव जित्नका लागि मात्र गठबन्धन नबनेको स्पष्ट पारे।

मन्त्री चौधरीले जनता अब संविधान जोगाउन, मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धनका पक्षमा उभिन थालेपछि एमालेहरू आत्तिन थालेको मन्त्री चौधरीले बताए।

कात्तिक ७, २०७९ सोमबार १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।