ग्लोबल आइएमइका सेयर धनीलाई १३.६ प्रतिशत लाभांश दिन प्रस्ताव

ग्लोबल आइएमइका सेयर धनीलाई १३.६ प्रतिशत लाभांश दिन प्रस्ताव

काठमाडौं : ग्लोबल आइएमई बैङ्कले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई १३.६ प्रतिशत  लाभांश दिन प्रस्ताव गरेको छ।

बैङ्क सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्ताव पारित भएमा ग्लोबल आइएमईका सेयर धनीले तीन प्रतिशत बोनस सेयर र बाँकी नगद लाभांश पाउने छन्।

बैङ्कको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

३ प्रतिशत बोनस सेयर वितरण पश्चात् बैङ्कको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्क तथा बैङ्कको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति हुनुपर्ने छ।

कात्तिक ७, २०७९ सोमबार ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।