९ बजेसम्म मात्र देउसीभैलो खेल्न नुवाकोट प्रशासनको अनुरोध

९ बजेसम्म मात्र देउसीभैलो खेल्न नुवाकोट प्रशासनको अनुरोध

विदुर : जिल्ला प्रशासन कार्यालयले ९ बजेसम्म मात्र देउसीभैलो कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले एक सूचना निकालेर तिहारमा देउसीभैलो कार्यक्रम बेलुकी ९ बजेसम्म मात्र सञ्चालन गर्न अनुराेध गरेका हुन्।

यस्तै प्रशासनले भुइँचम्पा, पटाका, आतिशबाजीजस्ता विस्फोटक र ज्वलनशील पदार्थको ओसारपसार, खरिदबिक्री र प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको स्मरण गराएको छ।

कात्तिक ६, २०७९ आइतबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।