१२ वाचासहित नेपाल समाजवादी पार्टीकाे घोषणा पत्र सार्वजनिक

काठमाडौं : नेपाल समाजवादी पार्टीले प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचन २०७९का लागि १२ वाचासहितको घोषणा पत्र सार्वजनिक गरेको छ।
आइतबार सार्वजनिक घोषणापत्रमा पार्टीले हालको निर्वाचन प्रणाली र शासकीय स्वरूप त्रुटिपूर्ण रहेको भन्दै नसच्चाएसम्म राजनीतिक स्थिरता, सुशासन र समृद्धि सम्भव नहुने उल्लेख गरेको छ।
घोषणापत्रमा उल्लेख भएका १२ वाचाअन्तर्गत सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई, प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलमै, लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन, हरियो सफा र खुल्ला शहर छन्।
त्यसैगरी, पार्टीले उद्यमीलाई प्रोत्साहन, व्यावसायिक कृषिलाई प्राथमिकता, भौतिक पूर्वाधारमा विशेष पहल, सूचना, प्रविधि र अनुसन्धानलाई उच्च प्राथमिकता, बिजुली नै प्रमुख ऊर्जा र महिला सुरक्षाको ग्यारेन्टीको वाचा पनि गरेको छ।
कात्तिक ६, २०७९ आइतबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।