प्रेसमैत्री कानून बनाउन सरकार गम्भीर भएन : अध्यक्ष पोखरेल

प्रेसमैत्री कानून बनाउन सरकार गम्भीर भएन : अध्यक्ष पोखरेल

बुटवल : नेपालः पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेसमैत्री कानून बनाउन राज्य सकरात्मक नभएको बताएका छन्।

संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरे पनि प्रेसमैत्री कानून बनाउन राज्य गम्भीर नबन्दा पत्रकारिता पेशा असुरक्षित रहेको उनले बताए।

पत्रकार महासंघ रुपन्देहीको आइतबार बुटवलमा सम्पन्न साधारण सभामा बोल्दै अध्यक्ष पोखरेलले पेशागत सुरक्षाका लागि प्रेसमैत्री नीति बनाउन आवश्यक रहेको बताए।

पत्रकारिता पेशालाई मर्यादित र विश्वासनियता बनाउनु पर्ने र त्यसका लागि शुद्विकरण आवश्यक रहेको भन्दै अध्यक्ष पाेखरेलले त्यसका लागि महासंघले शाखाहरूमा पत्राचार गर्ने प्रतिवद्वता जनाए।

बुटवललाई मिडियाको राजधानी बनाउन सकिने र त्यसका लागि मिडिया सम्बन्धी क्याम्प, अनुसन्धान केन्द्र स्थापना गर्न सकिने उनको भनाइ छ।

कात्तिक ६, २०७९ आइतबार १६:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।