रुपन्देहीका ९ पत्रकार पुरस्कृत

रुपन्देहीका ९ पत्रकार पुरस्कृत

बुटवल : रुपन्देहीमा कार्यरत ९ जना पत्रकार पुरस्कृत भएका छन्।

नेपाल पत्रकार महासंघ, रुपन्देहीकाे एघाराैं साधारण सभाकाे अवसरमा उनीहरूलाई पुरस्कृत गरिएकाे हाे।

बुटवल उपमहानगरपालिकाद्वारा स्थापित उत्कृष्ट पत्रकारिता पुस्कार २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य, २०७७ बाट रेखा भुसाल पुरस्कृत भएका हुन्।

यस्तै, सिद्धार्थनगर नगरपालिकाद्वारा स्थापित उत्कृष्ट श्रमजिवि पत्रकारिता पुरस्कारबाट नरेश केसी, प्रकाश न्यौपाने र प्रतीक पौडेल पुरस्कृत भए।

बुटवल पब्लिकेशनद्वारा स्थापित उत्कृष्ट शैक्षिक पत्रकारिता पुस्कारबाट कपिल ज्ञावली, पुजा पन्थी र चन्द्रकान्त खनाल पुरस्कृत भए।

कोरोनाका कारण दुई वर्षको पुरस्कार वितरण रोकिएपछि यसवर्ष सबैलाई पुरस्कृत गरिएकाे हाे।

महासंघले विभिन्न संस्थासँगको सहकार्यमा तीन विधामा पत्रकारहरूलाई पुरस्कार वितरण गर्दै आएकाे छ।

कात्तिक ६, २०७९ आइतबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।