थप ४१ जना कोरोना पुष्टि, ८ हजारले खाेप लगाए

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० जनाको नमूना परीक्षण गरिएकोमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
आइतबार ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ६ सय ९६ जना सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।
यस दिन ८ हजार ४० जनालाई काेराेनाविरुद्धकाे खाेप लगाइएकाे छ।
कात्तिक ६, २०७९ आइतबार १६:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।