बढेर बन्द भयो तिहारअघिको शेयर बजार, रुरु र सयपत्रीमा सकारात्मक सर्किट

काठमाडौं : तिहारअघि कारोबार हुने अन्तिम दिन आइतबार शेयर बजारमा सामान्य सुधार आएको छ।
यसदिन नेप्से परिसूचक १४ अंकले बढेर १८५८ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक २ अंकले बढेर ३६५ विन्दुमा चढेको छ।
परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेको छैन। यसदिन २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुँदा ५१ करोड ६८ लाखको कारोबार भएको छ।
उपसूचक समूहतर्फ होटल तथा पर्यटन र म्युचल फण्डबाहेक सबै समूहमा हरियाली छाएको छ। निर्जीवन बीमा समूह १.२२ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन सबैभन्दा कम ०.२२ प्रतिशतले मात्र बढेको छ।
यसदिन रुरु जलविद्युत् र सयपत्री जलविद्युत्का लगानीकर्ताले १० प्रतिशत कमाउँदा(सकारात्मक सर्किट) सबैभन्दा बढी कारोबार एभरेष्ट बैंक लिमिटेडको भएको छ।
कात्तिक ६, २०७९ आइतबार १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।