हाेटलमा मृत भेटिइन् ३८ वर्षीय महिला, सँगै बसेका पुरुष फरार

रुपन्देही : बुटवल उपमहानगरपालिका हाेटलमा एक महिला मृत अवस्थामा भेटिएकी छन्।
उपमहानगरकाे वडा नम्बर ५ हाटबजार स्थित कपडा पसल गरी बस्ने ३८ वर्षीया मनिषा जैसवाल ईट्टाभट्टीस्थित होटल वजन 24 मा शनिबार मृत अवस्थामा भेटिएकी हुन्।
होटलको कोठा नम्बर ३०३ मा शुक्रबार २ जना बसेकोमा लामो समयसम्म उक्त कोठा बन्द रहेको र सम्पर्कमा समेत नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।
ईलाका प्रहरी कार्यालय, बुटवलबाट खटिएको प्रहरीले कोठा खोली हेर्दा जैसवाललाई मृत अवस्थामा फेला पारेको हो।
साथै उनीसँगै बसेको फरार हाल नाम, थर, वतन नखुलेका पुरुषको प्रहरीले खोजी गरिरहेको छ।
कात्तिक ६, २०७९ आइतबार १४:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।