दियाे बाल्ने क्रममा आगलागी हुँदा तीन पसल नष्ट

नुवाकोट : दियाे बाल्ने क्रममा आगलागी हुँदा जिल्लामा तीन पसलमा आगलागी भएकाे छ।
शिवपुरी गाउँपालिका-८ सप्तरी डिल बस्ने ३६ वर्षीय विजय थापाको घरमा रहेको फेन्सी पसलमा दियो बाल्ने क्रममा शनिबार राति आगलागी हुँदा तीन पसलमा आगलागी भएकाे हाे।
आगलागी सँगै रहेकाे ४० वर्षीय हरी थापाको घरमा रहेको किराना पसल र ४० वर्षीय विजय थापाको हार्डवेयर पसलमा समेत भएकाे थियाे। आगलागीबाट २ कराेड २० लाखकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक ६, २०७९ आइतबार १४:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।