शनिबार १५ सयले बढेको सुनको मूल्य आज स्थिर

शनिबार १५ सयले बढेको सुनको मूल्य आज स्थिर

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। यसअघि हिजो सुनको मूल्य एकैदिन १५ सय रुपैयाँले बढाइएको थियो।

हिजो धनतेरसको दिन भएकाले व्यवसायीहरूले सुनको मूल्य बढाएका थिए। सामान्यतया नेपालमा शनिबार सुनको मूल्य तोक्ने गरिँदैन। शुक्रबारकै मूल्यलाई आधार मानिन्छ।

नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यस्तै शनिबार तोलामा ४५ रुपैयाँले बढाइएको चाँदीको मूल्य आइतबार पनि स्थिर छ। जसअनुसार चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँ कायम भएको छ।

कात्तिक ६, २०७९ आइतबार १२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।