पश्चिमी वायुको प्रभावले आज प्रदेश १ मा हल्का वर्षा हुनसक्ने

पश्चिमी वायुको प्रभावले आज प्रदेश १ मा हल्का वर्षा हुनसक्ने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ मा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भाग र प्रदेश १ को तराई भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ।

आज दिउँसो प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पनि प्रदेश १ को एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कात्तिक ६, २०७९ आइतबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।