विश्वकपमा आज भारत-पाकिस्तान भिड्ने, वर्षाले खेल प्रभावित हुनसक्ने

काठमाडौं: जारी टी ट्वेन्टी विश्वकपअन्तर्गत आज परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्। खेल नेपाली समयअनुसार दिउँसो १:४५ बाट सुरु हुनेछ।
तर आजको खेल वर्षाले प्रभावित हुनसक्ने बढी सम्भावना रहेको छ। आज पानी पर्ने सम्भावना ९० प्रतिशत रहेको छ।
आज भारत र पाकिस्तानबीच प्रतिष्ठाको लडाइँ हुनेछ। विश्वकप प्रतियोगितामा आजसम्म पाकिस्तानले एक पटक मात्र भारतलाई जितेको छ। पाकिस्तानले यो सङ्ख्या बढाउन चाहन्छ। भारत भने गत वर्ष विश्वकपको आफ्नो पहिलो खेलमा व्यहोरेको १० विकेटको लज्जास्पद हारको बदला लिन चाहन्छ।
भारतको लागि आज शाहीन अफ्रिदी, मोहम्मद रिजवान, बाबर आजम र मोहम्मद नवाज चुनौती सावित हुनसक्छन्। यस्तै पाकिस्तानको लागि विराट कोहली, मोहम्मद शामी, के एल राहुल र रोहित शर्मा टाउको दुखाइ बन्नसक्छन्।
यता केही महिनाअघिको एसिया कपको समूह चरणको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो भने सुपर ४ मा पाकिस्तानले भारतलाई हराएको थियो। यसले पनि यी दुई टोलीबीच को बलियो भन्ने ठोस आधार नभएको पुष्टि गर्छ।
कात्तिक ६, २०७९ आइतबार ०७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।