टी-ट्वेन्टी विश्वकप : घरेलु टाेलीले हारबाट सुरु गर्‍याे प्रतियाेगिता 

टी-ट्वेन्टी विश्वकप : घरेलु टाेलीले हारबाट सुरु गर्‍याे प्रतियाेगिता 

काठमाडाैं : अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वेन्टी विश्वकप प्रतियोगितामा घरेलु टोली अष्ट्रेलियाले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको हो। सिड्नी क्रिकेट मैदानमा २ सय १ को लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ११ रन मात्र बनाउन सक्यो।

अष्ट्रेलियालाई कम रनमा समेट्न न्युजिल्याण्डका मिचेल स्यान्टेनरले ४ ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिए। टिम साउथीले २ दशमलव १ ओभरमा ६ रन दिएर ३ विकेट लिए।

ट्रेन्ट बोल्डले ४ ओभरमा २४ रन दिएर २ विकेट लिए। लक्कि फगुर्सन र ईश सोधीले समान १–१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन बनाएको थियो।

अष्ट्रेलियाका लागि जोस हेजलउडले ४ ओभरमा ४१ रन खर्चिएर २ विकेट लिएका थिए। एडम जाम्पाले ४ ओभरमा ३९ रन दिएर १ विकेट लिए।

कात्तिक ५, २०७९ शनिबार १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।