चुनावबारे उत्कृष्ट टिकटक बनाउनेलाई आयोगले ५० हजार रूपैयाँ दिने

चुनावबारे उत्कृष्ट टिकटक बनाउनेलाई आयोगले ५० हजार रूपैयाँ दिने

काठमाडाैं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियाे बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ।

निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडिओ बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडिओलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

यसअघि शनिबार नै आयोगले चुनावसम्बन्धी गीत सामाजिक सञ्जालमा राखेको थियो। उक्त गीतबारे तीव्र आलोचना भएपछि उक्त गीतको भिडिओ अहिले हटाइएको छ।

टिकटक भिडिओ प्रतियोगितामा सहभागी हुनेले २० सेकेन्डदेखि एक मिनेटसम्मको भिडिओ बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाइसक्नुपर्ने छ।

आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट पाँच भिडिओलाई जनही रू ५० हजारका दरले पुरस्कृत गर्ने जनाएको छ। उनीहरूलाई प्रशंसापत्रसमेत प्रदान गरिने बताइएको छ।

कात्तिक ५, २०७९ शनिबार १९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।